प्यूठान प्रहरीले बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्लाको स्वर्गद्धारी नगरपालिका – ९ का डोरबहादुर पुन मगर पक्राउ परेका हुन।
उनीवि २०८२ /०१/०९ गते एक जना महिलामाथि बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही वर्ष वैशाख १४ गते प्रहरीले जिल्ला अदालतबाट डोरबहादुर विरूद्ध पक्राउ पुर्जी लिएको थियो।
त्यसयता उनी फरार थिए।
खोजी गर्ने क्रममा उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कौशल पराजुलीले बताए।
जिल्ला अदालतले डोरबहादुरलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको प्रहरीले जनाएको छ।