रोल्पाको थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या चार पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका बेपत्ता भएका ७५ वर्षीय डलबहादुर पुन मगरको शव फेला परेको हो।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
पहिरो पन्छाएर बेपत्ताको खोजी भइरहेको छ।
बुधबार बेलुकी पौने ९ बजेतिर घरमाथिको डाँडोबाट पहिरो खसेपछि कमलबहादुरको घर लगायत ६ वटा घरगोठ पुरिएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी सवा १० बजे पुगेर बेपत्ताको खोज तथा उद्धार कार्य सुरू गरेको थियो।
घटनामा १५ जना प्रहरी परिचालन गरिएको छ।