म्याद थप प्रक्रियाका लागि पत्रकार किशोर श्रेष्ठलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।
प्रहरी हिरासतमा रहेका श्रेष्ठलाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय लगिएको हो।
प्रहरी अनुसन्धान र म्याद थपसम्बन्धी थप विवरण आउन बाँकी छ।
जनआस्था साप्ताहिकका अध्यक्ष रहेका श्रेष्ठ बुधबार बेलुकी पक्राउ परेका थिए।
उनीविरूद्ध एक महिलाले वैयक्तिक गोपनीयता भंग गरेको आरोप लगाउँदै उजुरी दिएपछि परिसरको टोलीले श्रेष्ठलाई नख्खुबाट पक्राउ गरेको थियो।
पक्राउपछि बिहीबार बिहान प्रहरीले जनआस्थाको कार्यालयमा पनि खानतलासी गरेको थियो।
खानतलासी गरी त्यहाँबाट कम्प्युटरका सिपियू र अरू उपकरणहरू लिएको छ।
तस्बिरहरू:
-1786617266.jpg)
-1786617266.jpg)
-1786617265.jpg)
-1786617264.jpg)
-1786617265.jpg)
-1786617265.jpg)
-1786617265.jpg)
-1786617264.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी