जाजरकोट पहिरोमा परी आमा छोरासहित चार जनाको मृत्यु भएको छ।
तीन जना घाइतेको जिल्लामा र थप तीन जनाको बाँकेमा उपचार जारी छ। थप चार जना भने उपचार पछि घर फर्किएका छन्।
पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङ फारुलाकी ७५ वर्षीया रती खत्री र ५४ वर्षीय छोरा उमासिंहको मृत्यु भएको छ।
त्यस्तै चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र ५२ बर्षीय केदार कार्कीको मृत्यु भएको जिल्लाका प्रहरी निरीक्षक सुधीरकुमार खड्काले सेतोपाटीलाई बताए।
केदारको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।
प्रहरी निरीक्षक खड्काका अनुसार तीन जनाको घटनास्थल शव फेला परेको थियो।
घाइते भएर बाँकेमा उपचारत तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
पहिरोका कारण घर भत्किएपछि तथा जोखिम युक्त ठाउँका झन्डै दुई सय जति स्थानीयलाई प्रहरीले गए राति त्रिभुवन आधारभूत विद्यालयमा राखेको थियो। आइतबार उनीहरूको स्वास्थ्य चेकजाँच गर्नुको साथै बसोबासको प्रबन्ध पनि मिलाइएइको प्रहरीले जनाएको छ।