उकालो डटकम अनलाइन मिडियाको अफिसमा चोरी भएको छ।
काठमाडौंको हाँडीगाउँस्थित कार्यालयबाट शनिबार मध्यराति चोरी भएको प्रहरीले जनाएको छ।
कार्यालयबाट ल्यापटप, सिसिटिभी स्टोरेज लगायत सामान चोरी भएको हो।
चोरी भएको थाहा पाएपछि आइतबार बिहान कार्यालयले प्रहरी वृत्त मालिगाउँमा उजुरी दिएको छ।
यस घटनाको अनुसन्धानका लागि वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको एक प्रहरीले बताए।