नेपाली सेनामा प्राविधिक सहायक रथीबाट उपरथीमा बढुवा भएका विश्वबन्धु पहाडीले दर्ज्यानी चिन्ह पाएका छन्।
बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले एक कार्यक्रमबीच पहाडीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन्।
उनी साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका थिए।
त्यस्तै प्रमुख सेनानीबाट महासेनानी भएकी डा. इन्दिरा आचार्यलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।