बागलुङ र पर्वतमा कालीगण्डकीमा मध्य बर्खामै बालुवा र ढुंगा धमाधम निकालिएको छ।
विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ।
मध्यरातमा ठूला मेसिननै प्रयोग गरेर क्रसर सञ्चालक, निर्माण व्यवसायीले बालुवा झिक्ने काम गर्छन्।
ढुंगा, गिट्टी र बालुवाको उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले नदीजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएपनि अवैध चोरीनिकासी रोकिएको छैन।
असार १ गतेदेखि भदौ १५ गतेसम्म कुनै पनि निकायले ठेक्का लगाउनसमेत पाउँदैनन्।
कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ।
कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन्।
बर्खाको समयमा स्थानीय सरकारले पनि ठेक्का लगाउन नपाउने प्रावधान छ तर पालिका र प्रशासनलाई नै चुनौती दिँदै डोजर लगाएर बालुवा निकाल्ने काम भइरहेको छ।
संघीय सरकारले २०७७ सालमा ल्याएको मापदण्डअनुसार गण्डकी प्रदेशले पनि नदीजन्य सामग्री उत्खनन्का लागि प्रतिबन्ध लगाएको छ ।
प्रहरी चौकीकै अगाडि कालीगण्डकी दोहन हुँदा प्रहरीसमेत मौन रहेको स्थानीयको बताउँछन् ।
दोहनका कारण कालीगण्डकीको धारसमेत परिवर्तन हुँद पर्वत मालढुङ्गाको माझीबस्तीनै जोखिममा छ।
बर्खाको समयमा काली उर्लिदा घरमै बाढी बस्ने त्रासले स्थानीय जागराम बस्ने गरेका छन् । कतिपय स्थानमा खेतीयोग्य जमिनसमेत कटानमा परेका छन्।
तस्बिरहरूः
-ink-1787374788.jpeg)
-ink-1787374788.jpeg)
-ink-1787374788.jpeg)
-ink-1787374788.jpeg)
-ink-1787374787.jpeg)
-ink-1787374787.jpeg)
-ink-1787374787.jpeg)
-ink-1787374786.jpeg)
-ink-1787374786.jpeg)
-ink-1787374786.jpeg)
-ink-1787374786.jpeg)
-ink-1787374787.jpeg)
-ink-1787374787.jpeg)
-ink-1787374786.jpeg)
-ink-1787374786.jpeg)
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी