मकवानपुरमा खोलामा आएको बाढीले मोटरसाइकल बगाएको छ।
गएराति ११ बजे हेटौंडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलाको बाढीले ना ५१ प ५८४९ नम्बरको मोटरसाइकल बगाएको हो।
खोलामा ह्युमपाइप हालेर बनाइएको कल्भर्ट पार गर्ने क्रममा आएको बाढीले मोटरसाइकलसँगै त्यसका चालक मकवानपुरको बकैया गाउँपालिका-७ हात्तीखोलाका २० वर्षीय मनिष कार्की खोलामा बगेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोलाले बगाएपछि मोटरसाइकल चालक पौडिएर निस्किएका थिए।
मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ।