सप्तरीमा दुई वर्षकी बालिका मृत फेला परेकी छन्।
शम्भुनाथ नगरपालिका-३ की २ वर्षीया बालिका घरनजिकै मृत फेला परेकी हुन्।
आइतबार बिहान पौने ११ बजेतिर बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।
उनकाअनसार बालिका बिहान पौने ९ बजेसम्म घरमै थिइन्। त्यसपछि बालिका घरमा नभेटिएपछि खोजी गरिएकोमा घरनजिकै शव फेला परेको हो।
'घटनास्थलमा प्रहरी पुगेको छ, कर्तप्य ज्यानसम्बन्धी कसुर देखिन्छ। बाँकी अनुसन्धान हुँदैछ,' एसपी खड्काले भने।
अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिइएको उनले बताए।