तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छ्न्।
पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका-२ का ४४ वर्षीय लिलबहादुर लिम्बू छन्।
छथरकै एक महिलामाथि उनले जबरजस्तीकरणी गरेको आरोप छ।
महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बूले जबरजस्तीकरणी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले लिलमबहादुर लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको छ।
पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण (मेडिकल) गरी प्रहरी हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।