रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीका कारण उद्धारका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ।
बुधबार बिहान टिमुरे बजारमा चीनको तिब्बत क्षेत्रबाट ठूलो बाढी आएको हो। उक्त बाढीले धेरै क्षति भएको छ।
उद्धारका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर उडिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
त्रिशुली र धुन्चेमा रहेको नेपाली सेनाको बेस पनि बाढीले क्षतिग्रस्त स्थानतर्फ जाँदै गरेको उनले बताए।
आवश्यक उपचारको लागि सेनाकै मेडिकल टिम पनि त्रिशुली अस्पतालमा रहने गरी जानेक्रममा रहेको उनले बताए।
‘अहिले ठूलो बाढी आएको भन्ने छ। तर क्षति विवरण भन्न सकिने अवस्था छैन। त्यसकारण तलतिरको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ,’ उनले भने।