काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ।
रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म असर पुर्याउनसक्ने अनुमान छ।
त्यसका लागि तटीय क्षेत्रमा रहेका मानिसहरूलाई बाढी आउनसक्ने चेतावनीसहित ती क्षेत्रबाट हटाउने क्रम जारी छ।
यसैबीच ती प्रभावित क्षेत्रमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
‘बाढी प्रभावित भएको क्षेत्रतर्फ जान लागेका सवारीसाधनलाई नागढुंगामै रोकेका छौं,’ उनले भने।