रसुवाको बाढीमा परी घाइते भएका २० जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
बुधबार बिहान रसुवाको टिमुरेमा बाढीले प्रभावित बनाएको छ। साथै नुवाकोट, धादिङ लगायत विभिन्न स्थानमा समेत बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ।
अहिले हेलिकप्टरबाट विभिन्न घाइतेहरूको उद्धारको काम भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार २० जनाको उपचारका लागि काठमाडौं ल्याइसकेको छ।
१७ जनालाई त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ। साथै ३ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।
तस्बिरहरू:
-1787737034.jpg)
-1787737033.jpg)
-1787737032.jpg)
-1787737033.jpg)
-1787737033.jpg)
-1787737034.jpg)
-1787737033.jpg)