भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त बनेपछि प्रभावित क्षेत्रमा नेपाली सेना सहितका सुरक्षाकर्मीहरूले हवाई तथा स्थल मार्गबाट तीव्रताका साथ उद्धार कार्य जारी राखेका छन्।
विपद्का कारण घाइते भएका नागरिकहरूको नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूली, चक्रदेव हस्पिटल लगायत स्थानीय स्वास्थ्य संस्थाहरूमा आपतकालीन उपचार भइरहेको छ।
बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि यतिबेला त्रिशूली नदी किनार र अस्पताल परिसरको वातावरण अत्यन्तै शोकमग्न बनेको छ।
आफ्ना मान्छे गुमाएका, बेपत्ता भएका र घाइतेका परिवार तथा आफन्तहरू अस्पतालबाहिर र नदी किनारमा भेला भई चित्कार गरिरहेका छन्।
हराइरहेकाहरूको खोजीका लागि सुरक्षा निकायले हेलिकप्टर सहितका आधुनिक उपकरण र जनशक्ति परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
तस्बिरहरू:
-1787749281.jpg)
-1787749280.jpg)
-1787749280.jpg)
-1787749280.jpg)
-1787749280.jpg)
-1787749280.jpg)
-1787749279.jpg)
-1787749279.jpg)
-1787749279.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी