रसुवामा बाढी प्रभावित क्षेत्रबाट घाइते भएका २६ जनाको काठमाडौंमा उपचार जारी छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार रसुवासहित विभिन्न प्रभावित ठाउँबाट उद्धार गरी ल्याएका २६ जनाको काठमाडौं उपचार जारी छ।
२६ मध्ये २० जनाको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार जारी छ।
यहाँ उपचाररत अधिकांशको अवस्था सामान्य छ। एक जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ।
त्यसैगरी, चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। एक जनाको ग्रिनसिटी र एक जनाको सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले उद्धारमा खटिएका छन्।
११४ जनाको हवाई माध्यमबाट उद्धार भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

