भोटेकोशी नदीमा आएको भीषण बाढीले धादिङको बेनीघाट क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
बाढीले नदी तटीय क्षेत्रका सर्वसाधारणका आवास, पसल तथा भौतिक संरचनाहरूमा ठूलो नोक्सानी पुर्याएको छ।
घटनालगत्तै खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेनीघाट रोराङ क्षेत्रबाट बाढीको जोखिममा परेका एक वृद्धको सकुशल उद्धार गरेको छ।
अत्यधिक बहावका कारण बीचमा फसेका ती वृद्धलाई सुरक्षाकर्मीहरूले साहसिक तरिकाले सुरक्षित स्थानमा निकालेका हुन्।
यसैगरी, बाढीले बगाएर ल्याएको अवस्थामा बेनीघाट बजार नजिकै त्रिशूली नदी किनारमा एक जनाको शव फेला परेको छ।
मृतकको पहिचान भने खुल्न बाँकी रहेको र शवलाई पोस्टमर्टमका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
नदीको बहाव अझै उच्च रहेकाले धादिङका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
तस्बिरहरू:
-1787750869.jpg)
-1787750869.jpg)
-1787750868.jpg)
-1787750868.jpg)
-1787750867.jpg)
-1787750867.jpg)
-1787750868.jpg)
-1787750868.jpg)

-1787750867.jpg)
-1787750867.jpg)
-1787750867.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी