बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी पहिरोमा परी दाङका १० जना सम्पर्कविहीन भएका छन्।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बुधबार बेलुकीसम्म आफन्तले १० जना सम्पर्कविहीन रहेको भनेर जानकारी गराएको बताए।
‘रसुवा तथा नुवाकोट जिल्लाको भीषण बाढीका कारण दाङ जिल्लाबाट कामको शिलशिलामा त्यहाँ गएका दश जना मानिसहरू हालसम्म बेपत्ता रहेको भन्ने आफन्तले बताउनु भएको छ,’ प्रजिअ पाण्डेले भने, ‘कोही स्वास्थ्यकर्मी, कोही हाइड्रोमा काम गर्नेहरू रहेको भन्ने छ तर केहीको भने काम खुल्न सकेको छैन।’
ती आफन्तहरूले प्रशानलाई दिएको विवरणमा हालसम्म सम्पर्कविहीन रहेका भनिएका उनीहरूको कुनै पत्तो नलागेको तथा खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।
यी हुन् सम्पर्कविहीन १० जना
१. कोपिला केसी। ( दाङ तुलसीपुर उपमहानगरपालिका – हाल स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा)
२. खम्बु बोहोरा (दाङ तुलसीपुर–हाल – स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा )
३. शिव शंकर जोशी (दाङ तुलसीपुर – हाल– मैलुङ हाइड्रो पावर, रसुवा)
४. प्रमिला बुढाथोकी (सल्यान पुर्खेउली घर भई हाल दाङ तुलसीपुर –९ बसोबास गर्ने र हाल– टिमुरे हाइड्रो पावर, रसुवा )
५. शोभाराम योगी (दाङ तुलसीपुर – हाल – फेवा हाइड्रो पावरको सुरूङ, नुवाकोट)
६. लालबहादुर रोका ( दाङ तुलसीपुर – १३, डाँडागाउँ / दमारगाउँ, हाल –फेवा हाइड्रो पावरको सुरूङ, नुवाकोट )
७. गोपीलाल रोका ( दाङ तुलसीपुर –१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरूङ, नुवाकोट)
८.नारायण अधिकारी (दाङ तुलसीपुर–१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
९. धुर्बबहादुर बुढा मगर ( पुर्खेउली घर रोल्पा – हाल दाङ तुलसीपुर –६, ठेक्कापट्टा गर्ने तथा कामको शिलशिलामा रसुवा र नुवाकोट गएका)
१०. पूर्णबहादुर बस्नेत –४६ बर्ष ( दाङ तुलसीपुर –९, दोघरे, हाल – रसुवा)
हालसम्म कसैको पनि स्थिति थाहा हुन नसकेको प्रशासनले जनाएको छ।