हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गएको १२ घण्टामा रसुवा, धादिङ र नुवाकोट जिल्लाका थोरै ठाउँमा मध्यमसम्म मात्र पानी परेको देखिन्छ।
सिन्धुपाल्चोक, काठमाडौँ, तनहुँ र चितवन आसपासमा भने धेरै ठाउँमा हल्कादेखि मध्यम र एक-दुई ठाउँमा भारी सम्मको पानी परेको छ।
विगत १२ घण्टामा सबैभन्दा धेरै डोटीको झिग्रानामा ९७.६ मिलिमिटर वर्षा मापन भएको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा केन्द्रित रहेको र थप वर्षा हुन सक्ने देखिएको महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। त्यस्तै हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|