रसुवामा गएको बाढीका कारण प्रभावित भएकाहरूको खोजी तथा उद्धार कार्यमा नेपाली सेना निरन्तर खटिरहेको छ।
बिहीबार बिहानदेखि सेनाले हेलिकप्टर र जमिनमार्फत उद्धारका साथै स्वास्थ्य सेवा र राहत वितरणको काम गरिरहेको छ।
टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट १०१ जना विदेशीसहित ६९६ जनाको हेलिकप्टरमार्फत र २०० जनाको जमिनमार्फत जम्मा ८९६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
साथै, त्रिशूलीमा स्थापित आपतकालीन उपचार केन्द्रबाट ३५४ र धुन्चेको मेडिकल टिमबाट ५४६ गरी जम्मा ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले भनेको छ।
सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी नेपाली सेनाको फौज परिचालन गरिएको छ।
सेनाले पृथ्वी राजमार्गको लेदो सफा गरी सडक सञ्चालन गर्ने र शव उद्धार गर्ने काम समेत गरिरहेको छ।
भोलि नदी किनारमा शव खोजतलास, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुवेशीका सुरङ्ग (टनेल) हरूमा सम्पर्कविहीन भएकाहरूको खोज उद्धार तथा त्रिशूली-धुन्चे सडक सञ्चालन गर्ने सेनाको योजना छ।
-1787840241.jpg)
-1787840241.jpg)
-1787840241.jpg)