रसुवाको बाढी प्रभावित क्षेत्रबाट १२१ जना विदेशी नागरिकको उद्धार भएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेसम्म १२१ जनाको उद्धार भएको हो।
सबैभन्दा धेरै भारतीय नागरिकको उद्धार भएको छ।
८५ जना भारतीय नागरिक, १६ जना चिनियाँ नागरिक, ९ जना दक्षिण कोरियाली नागरिक, दुई जना अमेरिकी, दुई जना रूसी नागरिक, दुई जना इटालियन नागरिक छन्।
बुल्गिया र स्विट्जरल्यान्डका एक-एक जना नागरिकको उद्धार भएको छ।
त्यस्तै तीन जना विदेशी नागरिक भए पनि कुन देशको नखुलेको बताएको छ।
बोर्डले विदेशी नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको पनि बताएको छ।
