प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षकी छन्।
उनले सहयोगी कृष्ण बस्नेतमार्फत रकम पठाएकी हुन्। रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
यो व्यक्तिगततर्फबाट कोषमा प्राप्त ठूलो सहयोगमध्ये एक हो।
राणाको कार्यालयमा कार्यरत कर्मचारीले पनि ८० हजार रुपैयाँ सहयोग गरेका छन्।
उनीहरूले उक्त रकम पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने जनाएकी छन्।
आवश्यक परेको स्थानमा अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी सहयोग गरिने बस्नेतले जानकारी दिइन्।