काठमाडौं-मुग्लिन सडक सञ्चालनमा आएको छ।
शनिबार बिहान ८ बजेपछि काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
धादिङको बैरेनीमा भने एक किलोमिटर सडकमा लेदो हटाउन बाँकी छ। त्यस ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बुधबार रसुवामा आएको बाढीले त्रिशूली हुँदै धादिङ क्षेत्रमा पनि ठूलो क्षति गरेको थियो।
सडकमा लेदो जमेपछि बुधबारदेखि नै सडक बन्द भएको थियो।
शुक्रबार बाटोमै फसेका केही सवारी साधनहरू काठमाडौं प्रवेश गरेका थिए।