ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुरमा ‘शोकलाई उत्सव’का रूपमा मनाइने परम्परागत गाईजात्रा अर्थात् स्थानीय भाषामा ‘धें धें पा पा’ पर्व हर्षोल्लास र सांस्कृतिक भव्यताका साथ मनाइएको छ।
वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको कामना गर्दै मनाइने यो पर्वमा कीर्तिपुरका स्थानीय बासिन्दाहरूले आफ्ना मृतक आफन्तको प्रतीकका रूपमा गाई, ताहासा (बाँसको खट) र विभिन्न झाँकीहरू निकालेका थिए।
कीर्तिपुरको गाईजात्राको मुख्य आकर्षण मानिने ‘धें धें पा पा’ नृत्यमा स्थानीय युवा तथा सांस्कृतिक टोलीहरूले परम्परागत बाजागाजाको तालमा मौलिक नाच प्रस्तुत गरेका थिए।
सांस्कृतिक पोसाक र विभिन्न व्यङ्ग्यात्मक वेशभूषामा सजिएका सहभागीहरूले नगरका देवपुखु, लायकु, चिभाः, र भिन्न-भिन्न त्वाः (टोल) हरूको परिक्रमा गरेका थिए।
काठमाडौं उपत्यकाका अन्य स्थानमा गाईजात्रा मुख्य रूपमा व्यङ्ग्य र हाँस्यरससँग जोडिने गरिए पनि कीर्तिपुरमा भने मौलिक बाजा, 'धें धें पा पा' को विशेष ताल र सांस्कृतिक झाँकीलाई बढी प्राथमिकता दिइने परम्परा छ।
आफन्त गुमाउनुको पीडा र शोकलाई भुलेर सांस्कृतिक परम्परामार्फत समाजमा एकता र उत्साह ल्याउन यो पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय सांस्कृतिक कर्मीहरू बताउँछन्।
जात्रा हेर्नका लागि कीर्तिपुर आसपासका क्षेत्रका साथै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा दर्शनार्थी तथा अवलोकनकर्ताहरूको उपस्थिति रहेको थियो।
तस्बिरहरू:
-1788002803.jpg)
-1788002803.jpg)
-1788002803.jpg)
-1788002803.jpg)
-1788002802.jpg)
-1788002801.jpg)
-1788002801.jpg)
-1788002802.jpg)
-1788002802.jpg)
-1788002802.jpg)
-1788002802.jpg)
-1788002802.jpg)
-1788002801.jpg)
-1788002801.jpg)
-1788002801.jpg)
-1788002801.jpg)
-1788002800.jpg)
-1788002800.jpg)
-1788002800.jpg)
-1788002800.jpg)