काठमाडौंको चुच्चेपाटी र महाबौद्धबाट विद्युतीय चुरोट (भेप)सहित चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार प्रतिबन्धित भेपसहित चार जनालाई पक्राउ गरेको हो।
चुच्चेपाटीस्थित रेसा कलेक्सन नामको गोदामबाट २ हजार ६७० वटा र महाबौद्धस्थित आरएचएस इन्टरनेशनल प्रालिबाट १०० वटा भेप प्रहरीले बरामद गरेको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
यसरी भेप भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले धादिङका पूर्णलाल श्रेष्ठ, चन्द्रागिरिका शुभम गुप्ता, रामेछापका राजन मोक्तान र काभ्रेका सक्षम श्रेष्ठलाई पक्राउ गरेको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ।