काठमाडौं उपत्यका—जहाँ पुरानो सहरको मौलिकता र बढ्दो कंक्रिटको जंगल एकै दृश्यमा देखिन्छ। डाँडाबाट नियाल्दा सहरका भवनहरू एक–अर्कालाई उछिन्दै आकाशतर्फ अग्लिन आतुर देखिन्छन्।
काठमाडौं सहरलाई नजिकबाट हेर्दा आफ्नै किसिमको सुन्दरता देखिन्छ। तर, केही पर पुगेर डाँडाबाट नियाल्दा त्यही सहरको अर्को रूप देखिन्छ—घना बस्ती, बाक्लिँदै गएका भवन र हराउँदै गएको खुला ठाउँ।
पानी परेपछि मौसम केही खुल्दै गर्दा ललितपुरको गोदावरी क्षेत्रस्थित डाँडाबाट काठमाडौं उपत्यकातर्फ देखिएको दृश्यमा भवनहरू एक–अर्कालाई छाडेर अग्लिन हतार गरिरहेका जस्ता देखिन्थे।
कुनै ठाउँमा अग्ला भवनहरूले सहरको आधुनिक रूप देखाउँछन् भने कतै तिनै भवनको भीडले काठमाडौंको पुरानो स्वरूपलाई छोप्दै गएको महसुस हुन्छ।
ऐतिहासिक सम्पदा, पुराना बस्ती र सांस्कृतिक पहिचान बोकेको काठमाडौं विस्तारै कंक्रिटको बाक्लो जालोमा बेरिँदै गएको छ।
विकाससँगै सहरको स्वरूप फेरिँदै छ, तर प्रश्न उस्तै छ—अग्लिँदै गएको सहरसँगै के काठमाडौंको मौलिकता पनि हराउँदै त छैन?
ललितपुरस्थित ऐतिहासिक मार्बल डाँडाबाट देखिएको काठमाडौं उपत्यकाका विभिन्न दृश्यहरू:
-1789451956.jpg)
-1789451956.jpg)
-1789451956.jpg)
-1789451956.jpg)
-1789451956.jpg)
-1789451957.jpg)
-1789451957.jpg)
-1789451957.jpg)
-1789451956.jpg)