मुगुमा आज बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको जनाएको छ।
पहिलो धक्का ४.५ म्याग्निच्युडको र दोस्रो धक्का ४.२ म्याग्निच्युडको मापन भएको पनि केन्द्रले जनाएको छ।
दुवै भूकम्प मुगुको कलाई केन्द्रबिन्दु भएर गएको थियो।