काठमाडौंको थापाथली र ललितपुरको ज्वागलबीच आइपुग्दा बागमती नदी यतिबेला हरियालीका बीच आकर्षक देखिएको छ।
वर्षापछि नदीमा पानीको सतह बढेको छ।
पानी सफा देखिन थालेपछि नदी किनारको दृश्य पनि मनमोहक बनेको छ। सहरका अग्ला भवन र सडकको भीडभाडबीच बगिरहेको बागमती वरिपरिको हरियालीले यस क्षेत्रलाई थप सुन्दर बनाएको छ।
गत वर्ष नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाइएपछि यहाँको खाली क्षेत्रमा अहिले हरियाली बढेको देखिन्छ। नदी किनारमा निर्माण गरिएका करिडोर, पार्क तथा खुला क्षेत्रले पनि सौन्दर्य थपेका छन्।
केही समयअघिसम्म अस्तव्यस्त देखिने यो क्षेत्र अहिले मानिसहरू घुम्न आउने ठाउँका रूपमा पनि विकास हुँदै गएको छ।
बालबालिका खेलिरहेका र परिवार सहित मानिसहरू केही समय बिताउन आउने गरेका छन्।
काठमाडौं उपत्यकाको बीचबाट बग्ने बागमतीलाई यस्तै सफा, हरियाली र सुन्दर राख्न सके यसले नदीको प्राकृतिक सौन्दर्यसँगै सहरको वातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ।
तस्बिरहरू:
-1789529110.jpg)
-1789529111.jpg)
-1789529111.jpg)
-1789529111.jpg)
-1789529111.jpg)
-1789529111.jpg)
-1789529110.jpg)