काठमाडौंको माइतीघर मण्डलमा महिनौंदेखि धर्नामा बसेकाहरूले राखेका टेण्ट प्रहरीले हटाएको छ।
मंगलबार बेलुकी प्रहरीले माइकिङ गरेर टेन्ट हटाएको हो। टेन्ट टागेर बस्दा स्वास्थ्यमा समस्या आउन सक्ने र असुरक्षा बढ्ने भन्दै रातमा त्यहाँ नबस्न प्रहरीले आग्रह गरेको थियो।
बुधबार बिहान माइतीघरमा महिनौंदेखि बसिरहेकाहरूको टेन्ट हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनकाअनुसार दिनमा आफ्ना मागहरू राखेर प्लेकार्ड बोकेर बस्न सक्छन्। रातको समयमा बस्दा सुरक्षा जोखिम हुने भएकाले टेन्ट राखेर नबस्न भनिएको हो।
'रातमा बस्नका लागि कोही आफन्त छैनन् र जाने ठाउँ कतै नभएमा उचित बसोबासको व्यवस्थापन गर्न हामी तयार छौं,' एसपी थापाले भने, 'दिउँसो बस्दा हुन्छ। टेन्ट राखेरै अस्थायी आवासीय ठाउँ बनाएर बस्न मात्र रोकेका हौं।'
रातमा बस्न समस्या भएमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी कार्यालयमा खबर गरेमा समन्वयन गर्न सकिने उनले बताए।
दिउँसोको समयमा माइतीघरमा हुने कार्यक्रम तथा प्रदर्शनलाई भने कुनै पनि रोक नलगाइएको उनको भनाइ छ।
तस्बिरहरूः
-1789536495.jpeg)
-1789536495.jpeg)
-1789536495.jpeg)
-1789536495.jpeg)
-1789536494.jpeg)
-1789536494.jpeg)
-1789536494.jpeg)
-1789536494.jpeg)
-1789536493.jpeg)
-1789536493.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी