सिंहदरबार परिसरभित्र गाडी दुर्घटनामा परेको छ।
बुधबार बिहान ६६-१-००१२ नम्बरको गाडीले बागमती प्रदेश ०१ ०२८च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो।
दुर्घटनाबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ। अर्को गाडीको ढोका पट्टी ठोक्किएर क्षति पुगेको छ।
घटनामा मानवीय क्षति भएको छैन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले घटनाको विवरण संकलन र थप प्रक्रिया अघि बढाएको बताए।