घुस लिएको आरोपमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०८०/०८१ मा ९० दिनको ढाका सिलाइ बुनाइ तालिम कार्यक्रम सञ्चालन गरेको थियो।
तालिमको प्रशिक्षकको रूपमा काम दिलाए बापत उपाध्यक्ष अन्जुले ४५ हजार रुपैयाँ लिएको आरोप छ।
उक्त रकम लिएर उनका छोराको बैंक खातामा क्युआरमार्फत हालेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए।
यसरी आमा र छोरा दुबै जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो।