माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङमा थप पाँच शव फेला परेका छन्।
बुधबारको खोजीका क्रममा अडिट ३ सुरूङबाट अपस्ट्रिममा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने र अघि बढ्ने क्रममा पाँच वटा शव फेला परेको कम्पनीले जनाएको छ।
क्याम्पसाइटमा उत्खनन गरी सानो मेसिनरी उपकरणको सहायताले खोजी कार्य जारी राखिएको छ।
हालसम्म सो आयोजनाको स्थलबाट १५ जनाको शव भेटिसकेको कम्पनीले जनाएको छ।
बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म सम्पर्कमा आएका तथा उद्धार गरिएकाको संख्या ८७८ रहेको इप्पानले जनाएको छ।