हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबा बिहान कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रदेशका एक दुई स्थानमा पानी परिरहेको छ।
पछिल्लो तीन घन्टामा कपिलवस्तुको भगवानपुरमा १०.२ मिलिमिटर वर्षा मापन भएको छ। खोटाङको ऐशेलुखर्कमा १६.६ मिलिमिटर, संखुवासभाको टासी गाउँमा ६.४ मिलिमिटर वर्षा मापन भएको छ।
बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो नै कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|
राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
राति नै मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।