विश्वकर्मा पूजा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ।
निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित काम गर्नेहरूले भगवान् विश्वकर्माको पूजा–आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।
विश्वकर्मा पूजाको अवसरमा राजधानी काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारी साधनको पूजा गर्न आउनेहरूको बिहानैदेखि भीड लागेको छ।
विशेषगरी चालक तथा सवारीधनीहरूले आफ्ना मोटरसाइकल, कार, ट्याक्सी, बसलगायत सवारी साधन भद्रकाली परिसरमा लगेर पूजा, टीका तथा प्रसाद ग्रहण गरेका छन्।
विश्वकर्मालाई हिन्दू धर्मावलम्बीहरूले देवशिल्पीका रूपमा मान्ने गरेका छन्।
विभिन्न प्रकारका औजार, मेसिन, उपकरण तथा निर्माण सामग्रीको पूजा गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ। उद्योग तथा कलकारखानामा मेसिनरी सामग्रीको पूजा गरी कामदार तथा कर्मचारीबीच प्रसाद वितरण गर्ने गरिन्छ।
विश्वकर्मा पूजाका दिन सवारी साधन तथा औजारको पूजा गर्दा काममा सफलता, दुर्घटनाबाट सुरक्षा र व्यवसायमा प्रगति हुने धार्मिक विश्वास छ।
त्यसैले यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूले विशेष रूपमा यो पर्व मनाउने गरेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न मन्दिर, ग्यारेज, वर्कसप, उद्योग तथा सवारी पार्किङस्थलमा समेत विश्वकर्माको मूर्ति तथा तस्बिर स्थापना गरी पूजा गरिएको छ। पूजा गर्न आउनेको चहलपहलका कारण भद्रकाली आसपासका क्षेत्रमा बिहानैदेखि सवारी साधनको आवागमनसमेत बढेको छ।
तस्बिरहरूः
-ink-1789616107.jpeg)
-ink-1789616106.jpeg)
-ink-1789616106.jpeg)
-ink-1789616106.jpeg)
-ink-1789616106.jpeg)
-ink-1789616106.jpeg)
-ink-1789616106.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616105.jpeg)
-ink-1789616104.jpeg)
-ink-1789616104.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।