प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।
चीन भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले बुधबार चिनियाँ रक्षा मन्त्री डोङसँग भेट गरेका हुन्।
भेटको क्रममा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्यस्तै, प्रधान सेनापतिले राष्ट्रीय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण समेत गरेका थिए।
उनी बेइजिङमा भएको १३औं बेइजिङ सियाङशन फोरमको उद्घाटन सत्रमा समेत सहभागी भएका थिए।