साइबर अपराध गरेको आरोपमा भरतमणी दाहाल पक्राउ परेका छन्।
आफूलाई राजनीतिक विश्लेषक बताउने दाहाललाई मोरङ प्रहरीले आइतबार बिहान ८ बजे सुन्दरहरैचा नगरपालिका-८ सकलपुरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मकेन्द्रकुमार मिश्रले उनलाई पक्राउ गरी काठमाडौं पठाइएको बताए।
‘उहाँलाई विद्युतीय कारोबार ऐन अनुसार पक्राउ गरी काठमाडौं पठाइएको हो। उहाँविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गरी हामीलाई पठाएको हो,’ उनले भने।