साइबर अपराध र सामाजिक शान्ति भंग पारेको आरोपमा प्रहरीले युट्युबर मनोज माव भन्ने मनोजकुमार महतोलाई पक्राउ गरेको छ।
उदयपुर चतरा पुलको एक होटलबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेशबहादुर पालले जानकारी दिए।
मनोज मानवले लामो समयदेखि सिरहाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार लगायतलाई विभिन्न व्यक्ति तथा सम्प्रदायका विरूद्ध अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्र हत्या गरेको आरोप छ।
साथै, तथ्यहिन र भ्रामक सामग्री प्रसारण गरी सामाजिक सद्भाव र शान्ति समेत खलल पारेको आरोप समेत उनीमाथि छ।
उनले आफूसँग अटोमेटिक हतियार रहेको र लडाकू समेत रहिसकेको भन्दै आपराधिक लाभ उठाएको समेत आरोप छ। कोही कसैबाट पैसा उठाएको भए जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न अनुरोध गरेको छ।
मानव यसअघि पनि पटकपटक पक्राउ परिसकेका थिए।