काठमाडौंको त्रिपुरेश्वरस्थित बसस्टप अगाडि बसमा लागेको आगो निभाइएको छ।
सोमबार मध्याह्नमा बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धीको बसमा आगलागी भएको थियो।
आगलागी कसरी भएको हो भन्ने खुलिसकेको छैन।
बसमा आगलागी भएको घटनामा घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले थप विवरण आइनसकेको बताए।
तस्बिरहरू:
-1789977408.jpg)
-1789977408.jpg)
-1789977407.jpg)
-1789977407.jpg)
-1789977406.jpg)
-1789977407.jpg)
-1789977407.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी