ताप्लेजुङमा भीषण आगलागी भएको छ।
बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका-३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार आगलागीबाट १० वटा घर जलेका छन्।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ।
करिब ५० घरधुरी सहितको बाक्लो बस्तिमा के कारण आगलागी भयो भन्ने यकिन भएको छैन।