लगातारको वर्षापछि पहिरो झर्दा बुटवल पाल्पा सडक अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर सडक अवरूद्ध भएको छ।
सडकमाथिबाट खसेको पहिरोपछि यातायात आवागमन शुक्रबार बिहानदेखि अवरूद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, तिनाउ गाउँपालिका वडा नम्बर ५ स्थित चरचरे र जोरधाराको बीचमा पनि सडक माथिबाट पहिरो खसेको छ।
यसैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ५ बतासेबाट रैनादेवी छहरा गाउँपालिकातर्फ जाने भित्री सडकखण्डमा पनि पहिरो खसेर अवरूद्ध भएको छ।