स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीवेणी अविरल वर्षाका कारण डुबानमा परेको छ।
कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि पर्वततर्फबाट आएको सेतीखोला थुनिएर बस्ती डुबानमा परेको हो।
गल्याङ नगरपालिका–५, सेतीवेणीका १० घर डुबानमा परेका हुन्।
सेतीवेणी प्रहरी चौकीका अनुसार शुक्रबारदेखि नै कालीगण्डकीमा पानीको सतह बढेको थियो।
कालीगण्डकीमा पानीको बहाव बढेपछि शुक्रबार राति नै जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।