पाल्पाको माथागढीमा पहिरोले घर पुरिँदा ३ जनाको अवस्था अज्ञात रहेको छ।
माथागढी गाउँपालिका वडा नं ३ कसेनी भैसीकट्टामा आइतबार बिहान ५ बजेको समयमा झरेको पहोरोले लिल बहादुर घर्तिमगरको घर पूर्ण रुपमा पुरिएको छ।
पहिरो झरेपछि घरमा सुतिरहेका ७५ वर्षीय लिल बहादुर घर्ती, १५ वर्षीया झरना घर्ती र १७ वर्षीया दिना घर्ती वेपत्ता भएको वडा अध्यक्ष तेज बहादुर घर्तीमगरले जानकारी दिए।
झरना घर्ती छिमेकी मोतीलाल घर्तीको छोरी रहेको पाल्पा प्रहरीले जनाएको छ।