चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह बढेको छ।
काली खोला र देवघाटमा जलसतह खतराको तहमाथि पुगेको छ।
जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ।
भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ।
जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
नारायणीमा बाढी बढेसंगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने सम्भावना बढेको छ।
प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए।
चितवनमा पनि रातभर नै वर्षा भएको छ।
तस्बिरहरूः
-ink-1790485020.jpeg)
-ink-1790485020.jpeg)
-ink-1790485020.jpeg)
-ink-1790485020.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485019.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485018.jpeg)
-ink-1790485017.jpeg)
-ink-1790485017.jpeg)
राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी