चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकार परिसरभित्रको सडक भासिएको छ।
निरन्तरको वर्षासँगै चेरेसस्थित केबलकार परिसरको सडक भासिएको हो।
साथै चेरेसदेखि गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।
त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा पृथ्वी राजमार्गस्थित मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए।
सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ।
नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए।
तस्बिरहरूः
-ink-1790492306.jpeg)
-ink-1790492306.jpeg)
-ink-1790492305.jpeg)
-ink-1790492305.jpeg)
-ink-1790492305.jpeg)
-ink-1790492305.jpeg)
-ink-1790492305.jpeg)
-ink-1790492305.jpeg)
तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी