लगातारको वर्षासँगै आएको बाढीपहिरोले राजधानी काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध हुँदा हेटौंडामा सवारीसाधनको चाप बढेको छ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बसहरू वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन्।
हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा समेत विभिन्न स्थानमा अवरोध हुँदा अहिले त्रिभुवन राजपथमाथि सवारीको चाप बढेको छ।
सडकको क्षमता र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि समय तथा भारसम्बन्धी सीमा तोकेको छ।
यससँगै हेटौंडा क्षेत्रमा काठमाडौं जाने मालवाहक सवारी र यात्रुवाहक बसहरूको लामो लाइन देखिएको छ।
तस्बिरहरूः
-ink-1790498067.jpeg)
-ink-1790498067.jpeg)
-ink-1790498067.jpeg)
-ink-1790498067.jpeg)
-ink-1790498066.jpeg)
-ink-1790498066.jpeg)
-ink-1790498067.jpeg)
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी