मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ।
आइतबार बिहान हिमपहिरो गएको हो।
यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना आरोहण सहयोगी थिए।
तीमध्ये करिब १० जना सम्पर्कविहीन छन्। उनीहरू सबै नेपाली नागरिक हुन्।
बेपत्ताको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङतर्फ गएको छ।
हिमपहिरोबाट के कति क्षति भयो भन्नेबारे भने अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।
सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिए।