सिरहाबाट सशस्त्र प्रहरी बलले ११०० किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ।
गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोक गागन खोला पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो।
गए राती करिब १ बजे सिरहा जिल्लाको सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा नियन्त्रणमा लिएको हो।
२६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको बताए।
बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया रहेको छ।