सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन कुमार आचार्यले हरेक बिधाका अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी हुने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले आफूलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्ने बताएका हुन्।
'औसत क्षमताको इन्जिनियर भएर होला मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ। म आफै पनि एक्स्ट्रा अर्डिनरी बन्ने इमानदार कोशिस गर्दैछु,' उनले भने।
'संसारका जति पनि पावरफुल मुद्राहरू छन्। डलर, युरो, पाउन्ड, येन, भारतीय मुद्राहरुको पनि आफ्नै सिम्बोलहरू छ। अहिले पनि 'रू' र अंग्रेजीमा एनपिआर बनाएर काम गरिरहेका छौं। आजको ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिक कोड सिम्बोल भयो भने धेरै कुरामा सहज हुन्छ,' उनले भने।