नेपाली सेनाले नुवाकोट र रसुवाको सीमामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान कार्य सुरू गरेको छ।
सेनाको इन्जिनियरिङ फौजबाट खटिएको टोलीले करिब ३०० मिटर सडकखण्डमा कठिन चट्टान फुटाएर पहुँच मार्ग निर्माण गरेको थियो।
त्यहाँ ६० टन भारवहन क्षमता भएको २४० फिट लामो बेलिब्रिज असोज १९ गतेसम्म ढुवानी गरिएको थियो। त्यसपछि आज असोज २० गतेदेखि पुल जडान कार्य सुरू गरिएको हो।
बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीबाट प्रभावित नुवाकोट र रसुवाको सडक सम्पर्क तथा आवागमन सहज हुने र अत्यावश्यक सामग्री ढुवानीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।