तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
बसको ठक्करबाट सल्यानको खलंगा नगरपालिका–२ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानी जरूवामा बस्दै आएका २ वर्षीय आयन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी पप्पु नेपालीका छोरा हुन्।
बिहान १० बजेतिर लक्ष्य एकेडेमीको लु.प्र. ०२– ००१ क ०००४ नम्बरको बसले तुलसीपुर–७ गैरापातुस्थित झोलुङ्गे पुल नजिकै पैदल हिँडिरहेका बालक आयनलाई ठक्कर दिएको थियो।
घाइते बालकलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक असस्पताल तुलसीपुरमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
बसका चालक तुलसीपुर–८ दुधेनाका ३७ वर्षीय वसन्त विष्ट प्रहरी नियन्त्रणमा छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।