हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
बिहीबार बिहान कोशी प्रदेशका एक-दुई स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो १२ घण्टामा बगमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भएको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ् सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार राति कोशी प्रदेशका सबै भू-भाग तथा देशको बाँकी हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने सम्भावना छ।
तराई भु-भागमा आंशिक बादल लाग्नेछ।
कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएक छ।
देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।